
कैलालीको धनगढी उपमहानगरपालिकाका थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

उनका अनुसार धनगढीको वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ३ र ९ का २÷२ जना, वडा नम्बर २ का एक जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै धनगढीमा कोरोना संक्रमितको संख्या ८ सय ६४ पुगेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 7:17
2020/11/15, 11:44
2021/06/16, 1:01
2022/02/10, 3:47
2022/08/08, 1:07