
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ। धनगढी उप–महानगरपालिकाका अनुसार आईतबार सम्म १९ वटै वडाका गरी नौँ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले आईतबार ३० जना थपिएसँगै संक्रमितको संख्या नौँ सय ४७ पुगेको जानकारी दिए।
उनका अनुसार धनगढीमा कोरोना पुष्टि भएका सात सय ५० जना भने संक्रमण मुक्त भईसकेका छन्। पाँच सय १७ पुरुष र दुई सय ३३ महिलाले कोरोना जितेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।

४८ महिला र एक सय ४५ पुरुष गरी एक सय ९३ जना सक्रिय संक्रमित रहेका छन्। धनगढीमा चार जनाको भने कोरोनाबाट मृत्यु भएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37