डडेल्धुराका अधिकांश विद्यालयद्वारा सिकाइ सहजीकरण सुरु
2020/10/12, 1:22
 
corona

कोरोना भाइरसका कारण विगत सात महिनादेखि बन्द रहेका विद्यालयहरू तत्काल खोल्न सकिने अवस्था नहुँदा डडेल्धुराका अधिकांश विद्यालयले वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण सञ्चालन गरेका छन्।

जिल्लाका केही विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलबस्तीमा अस्थायी रूपमा निर्धारण गरेका सिकाइ केन्द्रहरूबाट विद्यार्थीलाई सिकाइ सहजीकरण सुरु गरेका हुन्। चालु शैक्षिकसत्रको आधाभन्दा बढीसमय सकिन लाग्दा पनि विद्यालयमा पढाउन मिल्ने अवस्था नरहेकाले शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकसँगको छलफलमा अस्थायी सिकाई केन्द्रमार्फत बालबालिकाहरूका लागि  सिकाइ सहजीकरण सुरु गरिएको उग्रतारा माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्दबहादुर साहूले बताए। 

विगत सात महिनासम्म विद्यार्थीहरू विद्यालयमा आउन नपाएको, घरमा पनि पढ्ने वातावरण नभएको र वैकल्पिक सिकाइका माध्यममा विद्यार्थीको पहुँच नहुनाले बालबालिकाको पढाइमा समस्या देखिएको महेन्द्र माध्यमिक  विद्यालयका शिक्षक  प्रज्ज्वल भट्टले जानकारी दिए।  उनले भने, “विद्यार्थीहरूमा पढाइको चिन्ताभन्दा कोरोनाको त्रासले यस्ता केन्द्रमा कमै मात्र विद्यार्थी आउने गरेका छन्।