धनगढीमा बिहिबार थप ३२ जनामा कोरोना पुष्टि
2020/10/15, 5:34
corona

धनगढीका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बिहिबार थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको  वडा नम्बर १ का १० जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का ७ जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १२ र १३ का १÷१ जनामा  र वडा नखुलेका २ जनामा कोरोना पुष्टि भएको छ ।