
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले महिलामाथि हिंसाका घटना बढेको बताएका छन् । शनिबार बोलन्या थलीको सेटमा बोल्दै नगर प्रमुख वडले महिलामाथी हिंसाका घटना बढ्दै गएको बताएका हुन । युवामा बढ्दो लागूऔषध सेवनका कारण ६० प्रतिशत महिलामाथी हिंसाका घटना बढेको बताएका हुन ।

बलात्कारका घटना न्यूनीकरणका लागि उपमहानगरपालिकाले युवतीहरुलाई आत्मरक्षा तालिम दिएको र पुरुषहरूलाई पनि जनचेतनाका कार्यक्रम चलाउने बताए । बलात्कार र हिंसाका घटना न्यूनीकरण गर्न नगरभित्रका सडक, बाटाहरु र सार्बजनिक स्थान सुरक्षित , क्यामेरा युक्त र निश्चित दुरीमा नगर प्रहरी राखिने बताए ।

समाजमा बलात्कार घटना रोकथामका लागि कडा कानुनको आवश्यक रहेको बताए । यस्ता घटनाबारे स्वयंम युवाले सचेतना हुनुपर्ने र राज्यलाई दबाब दिनुपर्ने नगर प्रमुख वड बताए ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57