सुदूरपश्चिममा ८० हजारको इच्छापत्र, ५ हजारलाई रोजगार बनाउने योजना
2020/10/18, 7:59
 
corona

छाक टार्न मुस्किल भएपछि हजारौँ युवा भारत गईरहेकोमा सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये पाँच हजार जनालाई तत्काल स्वरोजगार बनाउन कार्यक्रम अगाडि बढाएको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७÷२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका कार्यक्रम अगाडि बढाएको हो।

विश्वभरी नै फैलिएको कोरोना संक्रमणका कारण रोजगारी गुमाएका सुदूरपश्चिमवासीका लागि कृषि कार्यक्रम संञ्चालन गर्ने तयारी भईरहेको मन्त्रालयले जनाएको छ। उक्त कार्यक्रमबाट युवाहरुलाई व्यवसायीक कृषि तर्फ आकर्षण गर्नका लागि ईच्छापत्र संकलन गरिएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोकुल बोहराले बताए।

‘प्रदेशका नौँ वटै जिल्लाबाट ईच्छापत्र संकलनको गरेका थियौँ। झण्डै ८० हजारले ईच्चापत्र बुझाएका छन्,’ उनले भने, ‘कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रहरुबाट संञ्चालन हुने गरी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भईरहेको छ।’ नौँ वटै जिल्लाबाट संकलन भएका ईच्छापत्रमध्ये पाँच हजार ईच्छापत्र छनोट गरि अनुदान वितरण गरिने छ। व्यवसायीक रुपमा कृषि पेशा गरी अरुलाई पनि रोजगारी दिन सक्नेहरुलाई अनुदान उपलब्ध गराईने मन्त्रायले जनाएको छ।

सुरुवातमा ५० हजारदेखि एक लाख सम्म अनुदान दिईने भनिएको छ भने राम्रो काम गर्नेहरुलाई कृषिका अन्य कार्यक्रमहरुमा समेत जोड्ने दावी गरिएको छ। मन्त्रालयले सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय गरी १० थरि कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई अनुदान प्रदान गरिनेछ। कार्यक्रमको लागि १५ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ।