
धनगढीमा कोरोना संक्रमितको संख्या साढे ११ सय नजिक पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार धनगढीमा संक्रमितको संख्या ११ सय ४० पुगेको हो ।

धनगढीमा शनिवार थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमित बढेका हुन् । शुक्रवार पनि धनगढीका ३६ जना थपिएका थिए । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शनिवार थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का ४ र ४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २र२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै वडा नम्बर ६, ७, १२, १४ र १८ का एक एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 12:58
2020/08/19, 9:02
2021/01/29, 2:55