
धनगढीमा होम आईसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ बर्षीय पुरुषको होम आईसोलेसनमा बसेका वेला मृत्यु भएको हो ।

उनी क्यान्सरबाट पिडित थिए । उनलाई क्यान्सर उपचारका लागि चितवन लगेर घरमा ल्याईएको थियो । होम आईसोलेसनमै वसेका वेला ती पुरुषको मृत्यु भएको हो ।
गत असोज १५ गते स्वाब दिएका उनमा १७ गते कोरोना पुष्टि भएको थियो । योसँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । सुदूरपश्चिममा मृतकको संख्या २५ पुगेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29