धनगढीमा प्रहरी हत्याः असई विकको शव आफन्तले बुझेनन्, प्रहरी जवान अझै फेला परेनन्
2020/10/19, 7:40

नेपाल भारत सीमा क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरिक्षक गोविन्द बिकको शव आफन्तले बुझेका छैनन् । कैलालीको धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्जको रुपमा कार्यरत विकको धारिलो हतियार प्रयोग गरी मोहना नदीमा फालेको अवस्थामा शव फेला परेको थियो ।

ड्युटीकै क्रममा हत्या गरिएपछि बिकका आफन्तले घटनाबारे सत्थतथ्य नआएसम्म शव नबुझ्ने बताएका हुन् । विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ड्युटीकै क्रममा वेपत्ता भएका प्रहरी जवान रामसिंह साउँदको अवस्था भने अझैसम्म अज्ञात रहेको छ ।
उनको एउटा जुत्ता र फुटेको अवस्थामा मोबाईल फेला परेपनि उनको अवस्थाको बारेमा अझैसम्म थाहा हुन सकेको छैन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37