धनगढीमा हत्या गरिएका प्रहरीका आफन्तद्धारा प्रदर्शन, यस्ता छन मागहरु  (भिडियो सहित)
2020/10/19, 2:08
 
death

धनगढीमा प्रहरीका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन भएको छ । प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रर्दशन भएको छ । मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढीको मुख्य बजारमा प्रदर्शन गरेका हुन् ।

धनगढीको चौराहदेखि सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर सकिएको छ । मृतकका आफन्तहरुले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन् । हत्या गरिएका असई गोविन्द विकलाई सहिद घोषणासँगै प्रदेश र संघीय सरकारले क्षतिपुर्ति दिनुपर्ने, १६ बर्षसम्मको पुरै तलब भत्ता दिनुपर्ने, छोरीहरुको लालनपालनसँगै उच्च  शिक्षाको व्यवस्था गर्नुपर्ने, हत्यारालाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने, र मृतक विक कार्यरत चौकीको नामाकरण स्वर्गीय असई गोविन्द विक चौकी हुनुपर्ने माग गरेका छन् । 

माग सम्बोधन नभएमा कडा रुपमा आन्दोलनमा उत्र्रिने आफन्तहरुले चेतावनी दिएका छन् । यसैबीच मृतकका आफन्तहरुले शव बुझ्ने भएका छन् । आज जिल्ला प्रशासनमा भएको छलफलपछि आफन्तहरुले शव बुझ्ने भएका हुन् । मृतकका परिवारलाई जागीरको व्यवस्था गर्ने र २१ बर्षसम्म छोरीलाई सरकारले पढाउने तथा बिमा बापतको रकम दिने सहमतिपछि आफन्त शव उठाउन तयार भएका हुन् । मृतकको विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । शवको पोष्र्टमार्टमपछि आफन्तलाई बुझाईने प्रहरीले जनाएको छ ।