असई हत्या प्रकरणः डिएसपीको नेतृत्वमा सिआईबी टोली परिचालन
2020/10/19, 2:47
 
death

धनगढीमा असईको हत्या घटनाको अनुसन्धानका लागि डिएसपीको नेतृत्वमा सिआईबीको टोली परिचालन गरिएको छ । केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीको टोलीसँगै प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ ।

घटनाको अनुसन्धानका लागि टोली घटनास्थलमा तैनाथ भएर आफ्नो काम गरिरहेको प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी पोष्टका ईन्चार्ज गोविन्द विकको धारिलो हतियार प्रहार गरी नदीमा फालेको अवस्थामा शव फेला परेको थियो । सँगै गस्तीमा गएका प्रहरी जवान टेकवहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको छ । 

उनको खोजी कार्य जारी राखेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले बताए। उनका अनुसार सशस्त्र प्रहरीको गोताखोर टीमले समेत उनको खोजी गरिरहेको छ।

शनिवार राती १० बजेपछि असई बिक र जवान साउँद सम्पर्कविहिन भएका थिए। विकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।