६० घण्टादेखि वेपत्ता प्रहरी जवान  साउँदको शव भेटियो 
2020/10/20, 10:47
 
death

अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ  । झण्डै ६० घण्टापछि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो । बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए । असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।

सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो । प्रहरी जवानको साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो । प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ । संलग्न मध्ये केही अझै भागिरहेकाले खोजी तिव्र पारिएको  छ ।