असई र प्रहरी जवानलाई घेराबन्दी गर्दै फरुवाले हानेर हत्या 
2020/10/20, 11:49
 
death

मृत भेटिएका असई गोविन्द विक र प्रहरी जवान टेकवहादुर साउँदलाई घेराबन्दी गर्दै फरुवाले हानेर हत्या गरेको पक्राउ परेकाहरुले बताएका छन् । प्रहरीले पक्राउ गरेका व्यक्तीहरुले धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउँदको हत्या गरेको स्वीकार गरेका हुन् ।

उनीहरुले फरुवाले आक्रमण गरी दुबै जनाको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । दुबै जनालाई हत्या गरी मोहना नदीमा फालेको समेत उनीहरुले स्वीकार गरेका छन् । प्रहरीले पक्राउ गरेका १६ जना मध्ये ६ जनाले घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । संग्लनता स्वीकार गरेका ६ जना र अन्य १० जनालाई अलग राखेर अनुसन्धान भईरहेको छ । 

धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई बिक र प्रहरी जवान शनिवार राति गस्तीमा गएको बेला वडा नम्बर १० जुगेडाबाट बेपत्ता भएका थिए । भारतीय गाउँ सलियापार र वनकट्टीसंगै जोडिएको मोहना नदीको घाट भएर तस्करी गर्नेहरुले दुवै जनाको निर्मम तरिकाले हत्या गरेको प्रहरी स्रोतले बतायो ।