सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसबाट संक्रमीतको संख्या ५३ पुग्यो
2019/09/19, 3:25
 
hhg

बझाङको बित्थरचिड गाँउपालिका वडा नम्बर ८ का यज्ञबहादुर मल्ल बिरामी आफन्तलाई उपचारका लागि गत भदौ २३ गते डडेल्धुरा अस्पतालमा पुगे। डडेल्धुरामा उपचार सम्भव नभएपछि २३ गते नै उनी आफन्तलाई ल्याएर सेती प्रादेशीक अस्पताल आए।

 तर सेती प्रादेशीक अस्पतालले विरामीलाई भर्ना गर्न शैया खाली नभएको भनेपछि मल्लले अहिले धनगढीको निर्सग अस्पतालमा विरामीलाई भर्ना गरेका छन्। तर स्वास्थ्यमा सुधार भएको छैन्, आर्थिक अभावमा उपचारमा समस्या भएको छ। 

मल्ल सहित सुदूरपश्चिमको अछाम र बाजुरा बाहेकका सात जिल्लाका ५३ जनामा स्क्रब टाईफसको संक्रमण भएको पाईएको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेकोमा आर्थिक अभावले समस्या भएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार डडेलधुरमा ३०, बैतडीमा नौँ, कैलालीमा पाँच, डोटीमा तीन, दार्चुला, कञ्चनपुर र बझाङमा दुई÷दुई संक्रमितहरु छन्। तर उनीहरुको उपचारका र रोग नियन्त्रणका प्रयास भने सरकारी स्तरबाट भएको छैन्। 

मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन। टोकेको ठाँउमा घाउ देखिने रगतको माध्याबाट किटाणु शरिरमा फैलिएर शरिरका अंगहरुले काम गर्न नसक्ने जस्ता लक्ष्यणहरु स्क्रब टाइफसका विरामीमा देखा पर्ने गरेको फिजिसियन डक्टर विजय केसीले बताए। 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले संक्रमण निगयन्त्रणका लागि स्वास्थ्यसस्थालाई निर्देशन दिईएको बताए।