स्वर्गिय ईन्जिनियर देवकोटाको स्मृतीमा रक्तदान
2020/10/20, 6:24
 
raktadan

सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स एसोसिएशन पूर्व अध्यक्ष समेत रहेका नेपालका संस्थापक प्रोफेसर ईन्जिनियर स्वर्गिय सरोज देवकोटाको स्मृतीमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटिको आयोजना तथा धनगढी डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टरको समन्वयमा रक्तदान गरिएको हो ।

रक्तदान कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले, रक्तदान महादान भएको बताए । अहिले कोरोनाका कारण रगतको अभाव भैरहेको समयमा सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेर महान काम गरेको बताए ।

सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष ईश्वर भट्टले प्रोफेसर ईन्जिनियर स्वर्गिय सरोज देवकोटाले संस्था र ईन्जिनियरिङ्ग क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । देवकोटाको केहि दिन पहिले कोरोनाका कारण मृत्यू भएको थियो ।

कार्यक्रममा नेपाल ईन्जिनियर्स एसोसिएशनका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष लव प्रसाद जोशी, केन्द्रिय सदस्य जनकराज जोशीको उपस्थीति रहेको थियो । कार्यक्रम सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका सचिव अरुणकुमार जोशीले गरेका थिए । कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।