धनगढीको ६ लेन सडकमा दुर्घटना, एक जना घाइते
2020/10/22, 9:15
 
Acident

कैलालीमा निर्माणाधिन ६ लेन सडकखण्डमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाइते भएका छन्।

निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत नेपाल विद्युत प्राधिकरण नजिकै आज बिहान धनगढीबाट भन्सारतर्फ जाँदै गरेको से १ ख ६१४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको से ७ प ३१३५ नम्बरको मोटरसाकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका अनुसार मोटरसाइकल चालक गम्भीर घाइते भएपनि उनको परिचय खुल्न सकेको छैन। घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

बस, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।