कैलालीका ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि
2020/10/22, 4:26
 
test

कैलालीका ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४७ र कञ्चनपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढी उप महानगरपालिकाका सात महिला र १९ पुरुष गरी २६ जना, टीकापुर नगरपालिकाका १५ जना, चुरे गाउँपालिकाका एक जना, गौरीगंगा नगरपालिकाका एक जना, गोदावरी नगरपालिकाका दुई जना र स्थानीय तह नखुलेका दुई जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका एक जना, बेलौरी नगरपालिकाका एक जना, भीमदत्त नगरपालिकाका दुई जना र पुनरवास नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।