
कोरोना कहरले बलि बिना यसपाली वडा दसैंको महत्वपूर्ण दिन फूलपाती भित्र्याइएको छ । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवा समेत विधिपूर्वक फूलपाती भित्र्याएर बली दिने गरिएकोमा यसपाली कोरोनाका कारण बलि नदिईएको हो ।

अघिल्ला बर्षहरुमा तामझाम र हर्षबढाईका साथ भित्र्याईने फुलपाती यो बर्ष सामान्य रुपमा बलि बिना भित्र्याईएको हो । धनगढीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन् । नेपाली सेना र सशस्त्रले धनगढीकै नैनादेवी मन्दिरमा समुह सहित संयुक्त रुपमा फुलपाती भित्र्याईएको छ ।
उनीहरुले वनदेवी मन्दिरको परिक्रममा समेत गरेका थिए । नेपाल प्रहरीले भने वनदेवी मन्दिरमा पुजारी पठाएर मात्रै फूलपाती भित्र्याईएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/19, 1:44
2022/02/15, 8:59
2020/10/19, 10:13
2022/08/04, 11:24