कैलाली अस्पतालका सञ्चालक जोशीले कोरोना जिते
2020/10/23, 2:46
 
corona

कैलाली अस्पतालका संञ्चालक जनकराज जोशीले कोरोना जितेका छन् । १४ दिनमा उनले कोरोना जितेका हुन् । १४ दिनमा उनले कोरोना जितेका हुन् । यसअघि गरिएको दुई पटकको परीक्षणमा उनको पोजेटिभ आएकोमा तेस्रो पटक गरिएको परीक्षण नेगेटिभ आएको हो ।

उनी ११ दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा रहेका थिए । रिर्पोट नेगेटिभ आएसँगै उनी घर फर्किएका छन्। 
सबैको माया र आर्शिवादका साथै अस्पतालका स्वास्थ्यकर्मीहरुको व्यवहारले आफुले कोरोना जितेको उनले बताए । यसलाई मजाकको रुपमा नलिन पनि जोशीले आग्रह गरेका छन् ।

‘यो बालक, बृद्ध, युवा जो कोहीलाई हुन सक्छ ।’ उनले भने–‘रोगी मात्रै होईन निरोगीलाई पनि हुन सक्छ । त्यसैले कोरोनालाई मजाकको रुपमा लिनु हुदैंन ।’ बीचको तीन चार दिनमा आफुलाई पनि निकै अप्ठेरो महसुस भएपनि त्यसपछि विस्तारै ठीक हुदैं गएको उनको भनाई छ । 

कोरोना अस्पतालको सेवा पनि निकै राम्रो रहेको उनले बताए । कुनै चिजको पनि कमि र अभाव नभएको जोशीको अनुभव छ । जोशी कैलाली अस्पतालको सञ्चालकका साथै निजि अस्पतालको संस्था अफिम सुदुरपश्चिमको अध्यक्ष तथा औषधी व्यवसायिक संघको संस्थापक अध्यक्ष र वर्तमान अध्यक्ष पनि रहेका छन् । साथै उनी लायन्स क्लबमा आबद्ध भएर विभिन्न सामाजिक कामहरुमा पनि संक्रिय रहदै आएका छन् ।