कोभिड फ्रन्टलाईनरको दशैंः आइसोलेसन घर, संक्रमित आफन्त, एक आपसमा टिका जमरा
2020/10/26, 2:09
 
corona

हरेक वर्षजस्तै यसपाली पनि हिन्दुहरुले दशैं मनाईरहेका छन् । बहुसंख्यक नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैं । विभिन्न ठाउँमा छरिएकाहरु वर्षमा एक पटक भएपनि आफ्नो गाउँ पुग्ने, परिवार आफन्त भेट्ने । परिवार एकसाथ जम्मा भएर केहीदिन भएपनि सँगै बिताएर बस्ने  एउटा अवसर हो दशैं । विगतका सालमा जस्तो यस पटक दसैंको उत्साह छैन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त छ ।

1

कोभिडकै बीचमा पनि सम्भव भएजतिले पारिवारिक जमघट गरेर, आफ्नो जन्मथलो पुगेर दसैं मनाइरहेकै छन । दसैंका बीचमा पनि कोभिड संक्रमण देखिएर अस्पताल र आइसोलेसन पुग्ने बिरामीको संख्या पनि ठूलो छ । सुदुरपश्चिममा ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी यतिखेर दसैँको रौनक, पारिवारिक जमघट, रमाइलो सबैलाई मनभित्र गुम्स्याएर कोभिड बिरामीको सेवामा जुटिरहेका छन् । 
उपचारमा खटिने चिकित्सक स्वास्थ्यकर्मी, उपचारत संक्रमितलाई दसैं मनाउन नपाएको महसुस नहोस् भनेर दसैंको माहोल कोरोना विशेष अस्पतालमा नै टीका जमरा लगाईएको छ । सबैलाई इच्छा अनुसार खानेकुरा व्यवस्था गरिएको छ । अस्पताल विकास समितिको निर्णय अनुसार सवैलाई खाना सहित टिका जमराको व्यवस्था गरिएकोे अस्पताल विकास समितिका सदस्य मनोज राईले जानकारी दिए । 

1

दसैंको समयमा आइसोलेसनमा बस्नुपर्दा थुप्रै संक्रमितहरुले तनाव लिइरहेको देख्दा त्यहाँ कार्यरत फ्रन्टलाईनरहरुलाई  कोभिड १९ भाइरसले भन्दा विरामीहरुको चिन्ताले धेरै गलाएको छ । अलर्टमा बस्नुपर्छ कसलाई कतिखेर गाह्रो हुन्छ ? गाह्रो भएमा चिकित्सकको व्यक्तिगत नम्बरमै फोन गरेर तुरुन्तै बोलाउन सक्ने सुविधा संक्रमितलाई छ । 

4

‘यही नै मेरो परिवार हो । सबै आफन्त यहीँ छन’, भन्ने मनोभावनाका साथ आइसोलेसनमा खटिरहेकी छिन् कोरोना विशेष अस्पतालमा डाक्टर, नसिंग स्टार्फ र सरसफाई कर्मचारीहरु कर्तव्य निर्वाहमा निरन्तर खटिरहेका छिन् ।  ‘परिवारकै अभाव पूर्ति गर्न त सकिँदैन होला । दसैं मिस नहोस् भनेर सक्दो प्रयास गरिएको छ’ नसिंग ईन्चार्ज सीमा शर्माले भनिन्– ‘संक्रमितलाई पनि टीका जमरा लिगाई दिएका छौं । सबैलाई पुग्ने गरी सकिने खाना पनि खुवाएर आईलोसेशनमै दशैं मनाएका छौं ।

4

यसपाली आइसोलेसनमै दसैं मनाए पनि अर्को वर्ष कोभिड महामारीसँग विजय हासिल गरेर घर घरमा दशैं मनाउन सकिने आशा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको आशा रहेको छ ।