
रोकिएको मीनि ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ । सोमबार राती साढे ११ बजेको समयमा धनगढी–अत्तरिया सडकको बोराडाडी खण्डमा मीनि ट्रकमा मोटरसाइकल ठोकिएको हो ।

घटनामा घाइते मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लालबहादुर रोकायाका अनुसार से १ प ८७६१ को नम्बरको मोटरसाइकल से १ त ६१७ नम्बरको मीनि ट्रकमा ठोकिएको हो ।
मृत्यकको पहिचान भने खुलेको छैन् । उनको आफन्तको खोजी कार्य हुँदै छ । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37