
धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत होण्डा स्वरुम अगाडी ना ३ ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिदा डोटी स्थायी घर भएका हाल धनगढीको बोराडाँडी बस्दै आएका ६० वर्षीय वीरसिंह बिष्टको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । प्रहरीका अनुसार ठक्कर दिने ट्रकका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37