हसनपुरका बमले आफै भत्काए सडक क्षेत्रधिकारमा पर्ने संरचना
2020/10/28, 6:13
 
corona

धनगढी उप–महानगरपालिका वडा नं ५ का गम्भीर सिंह बमले सडक क्षेत्रधिकार भित्र पर्ने घर संरचना बुधवार देखि भत्काउन सुरु गरेका छन् । क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको सडक निर्माणको काम सुरु हुने भएपछि बमले सडक क्षेत्रधिकार भित्र पर्ने हालसालै निर्माण भएको २ सटर सहित ४ कोठाको पक्की भवन भत्काउन सुरु गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीले नेपाली कांग्रेसका नेता समेत रहेका बमले मिस्त्रीहरु लगाएर घर भत्काउन सुरु गरेको बताए ।

उप–महानगरपालिकाले सडक क्षेत्रधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रुपमा सम्मान गर्ने,भत्काएको भागको नक्सापासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको  प्रवत्ता मुडभरीले बताए । ‘नगरको विकास हामी सबैले चाहेर मात्रै सम्भव हुने हो प्रवत्ता मुडभरीले भने, ‘सडकक्षेत्रधिकार भित्र पर्ने संरचना भत्काएर सहयोग गर्न सबै नगरवासी संग अनुरोध गर्दछौं ।’

नगरको विकासमा कसैले अवरोध गर्न नहुने घर धनी बमले बताए । ‘क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको यो सडक १६ मिटरको बन्दै छ बमले भने, थोरै क्षेत्रधिकारमा मेरो संरचना पर्ने भएकाले मैले आफै भत्काउन सुरु गरेको हुँ ।’ मेनरोड बिस्तार हुनसुरु गरेमा आफुले त्यहाँ रहेका आफ्नो सडक क्षेत्रधिकारमा पर्ने संरचना भत्काएर सहयोग सहयोग गर्ने पनि बमले बताए ।