
धनगढीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ कि ५७ बर्षिया एक महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । १० गते कडा खालको निमोनिया लिएर अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

१२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । आइसियुमा भर्ना भएकी महिलाको बिहान करिब ५ः३० मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07