कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएपछि स्थिति तनावग्रस्त (फोटो फिचर) 
2020/10/29, 4:24
 
corona

धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव कब्रिस्तानमा गाडिएपछि तनाव सिर्जना भएको छ । मानव वस्तीको बीचमा रहेको कब्रिस्तानमा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै आसपासका स्थानीय वासिन्दाहरु विरोधमा उत्रिएपछि तनावको स्थिति सिर्जना भएको हो । 

1

4

1

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित कब्रिस्तानमा तालाबन्दी गर्दै स्थानीयले टायर बालेर प्रदर्शन समेत गरेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर २ की ५७ वर्षीया महिलाको आज विहान मृत्यु भएको थियो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

1

1

उनको बिहान साढे ५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले स्थान अभावले कब्रस्तानमा गाडिएको बताए । स्थानीय वासिन्दाहरुको विरोधपछि गाडिएको शव अन्यत्र गाड्नका लागि मृतकका परिवार रहेका छन भने प्रमुख जिल्ला अधिकारीहरु पनि त्यसमा सहमत भएको बताईएको छ । यस विषयमा अहिले छलफल समेत भईरहेको छ । 

4

5

1