कञ्चनपुरमा हुलाकी सडक निर्माणमा भारतीय एसएसबीको अवरोध कायमै
2019/09/19, 3:56
 
fghghgh

कञ्चनपुरमा हुलाकी सडक निर्माणमा भारतीय पक्षले गरेको अवरोध कायमै रहेको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीले हुलाकी सडक खण्ड अन्तरगत कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रको पचुईमा एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध कायमै राखेका हुन्।

एसएसबीले हुलाकी सडक निर्माणमा रोक लगाएको तीन महिना सम्म पनि अवरोध कायमै रहेको हो। एसएसबीले गत असारमा उक्त क्षेत्र आफ्नो भूमीमा पर्ने भन्दै अवरोध सिर्जना गरेको थियो। जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरले समन्वय गरी अवरोध हटाउन गृह मन्त्रालय सहित निकायमा पत्राचार गरेपनि हाल सम्म कुनै परिपत्र नभएको दावी गरेको छ।

हुलाकी सडक योजना कार्यालय धनगढीका इन्जिनीर तथा सूचना अधिकारी पदम बहादुर मडैले एसएसबीको अवरोध नहटेपछि पचुई खण्डको १२ सय मिटरको काम रोकिएको जानकारी दिए।