धनगढीका ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बिहिबार थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ११ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ७ का ६ जना, वडा नम्बर ३ का ५ जना र वडा नम्बर २, ४ र ८ का ४/४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै वडा नम्बर ६ र ठेगाना नखुलेका १/१ जनामा समेत कोरोना पुष्टि भएको उनले बताए ।
2024/05/04, 4:22
2024/05/04, 4:19
2024/05/04, 4:11
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/06/18, 12:39
2020/10/22, 3:21
2021/05/10, 5:55
2022/08/02, 2:45