वडाध्यक्षले भत्काए सडक विस्तारका लागि आफ्नो संरचना
2020/11/06, 8:17
 
sadak

धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार थापाले मुख्य सडक बिस्तारका लागि आफ्नो संरचना भत्काएका छन् ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड समेतको उपस्थीतिमा वडा अध्यक्ष थापाले धनगढी मुख्य सडक बिस्तार हुने भएपछि संरचना भत्काएका हुन । थापाले जलसा होटलको अगाडी पट्टी रहेको आगनको भागमा लगाएको ब्लकहरु भत्काएका हुन । जलसा होटल रहेको घर वडा अध्यक्ष थापाको हो । उनले सडकको क्षेत्रधिकार भन्दा १ मिटर थप जमिन छोडेका छन् ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तरका धनगढीको मुख्य सडक ३० मिटर फराकिलो बनाईदै छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सडकहरु विस्तारका लागि धनगढीका घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने संरचनाहरु भत्काउन थालेको बताए ।

उनले भने, नगरका सडकहरु फराकिला बनाउनका लागि घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरु भत्काउन थालेका हुन । बुधवार मात्रै धनगढी उप–महानगरपालिका वडा नं २ का ९ जना घरधनी र वडा नं ५ का ४ जना घरधनीले संरचना भत्काउन सुरु गरेका छन् । नगरवासीको सहयोगले मात्रै धनगढीलाई सुन्दर नगर बनाउन सकिने नगरप्रमुख वडले बताए ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने गरि २०७७ साल असार २८ गते सम्झौता भएको उप–महानगरपालिकाका डिभिनल ईन्जीनियर डिजराज भट्टले बताए । उनले भने, जसमा गुल्म –चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड , ट्राफिक चौराहा देखि –कैलालीनाला ( १ हजार ३ सय ८० मिटर) , हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर) , क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर) , धनगढी – खुटीया स्याउले रोड ( ८ सय ७० मिटर ) , मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेको छ ।