
कञ्चनपुरमा जन्मिएको अनौठो शिशुको तीन दिनमै मृत्यु भएको छ। गत बिहिवार जिल्लाको बेल्डाँडी गाउँपालिका–४ कि २६ वर्षीय महिलाले अनौठो शिशु जन्माएकी थिईन्। शिशुको शनिबार साँझ मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

मृतककी आफन्त सरिता सुनारले शिशुको मृत्यु भएपछि गाउँकै खोला किनारमा गाडिएको बताईन्। ९ महिनाकी गर्भवती महिलालाई बेथाले च्यापेपछि सेती अस्पताल ल्याउने क्रममा बाटैमा शिशुको जन्म भएको थियो। शिशुका आँखा खुलेका थिएनन्।
मुख ठुलो थियो भने कान फरक, खुट्टा लगायत पुरै शारिरिकको बनावट पनि फरक रहेको थियो। शिशुको जन्म हुँदा ११ सय ग्राम तौल थियो र स्वास्थय अवस्था पनि ठिक थियो।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 5:29
2020/12/14, 7:32
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/01, 1:17