
धनगढीमा १२ तोला सुन चोरी गरेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न भएको आशंकामा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २५ वर्षीय हर्क गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनीसँगै मोटरसाइकलमा सवार अर्का युवकलाई पनि पक्राउ गरिएको बताउँदै प्रहरी निरीक्षक थापाले संलग्न भए नभएको बारेमा अनुसन्धान भइरहेकाले तत्काल नाम खुलाउन नमिल्ने बताए ।
प्रारम्भीक अनुसन्धानबाट गिरी भने चोरीमा संलग्न रहेको खुलेको प्रहरी निरीक्षक थापाले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 9:03
2021/04/02, 1:00
2021/10/21, 5:22
2022/09/22, 6:31