धनगढीमा बसको ठक्करबाट युवतीको मृत्यु, १ जना घाइते
2020/11/18, 9:17
accidnet

धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  बुधबार साझ धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा कञ्चनपुरको बेलौरी जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको पवनदुत यातायातको बसले भे प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बर्दियाको ठाकुर बाबा नगरपालिका २ की २१ वर्षीया तुलसी पौडेलको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार उनको नवजीवन अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ का २१ वर्षिय मदन ढकाल घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । 

बसका चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का २६ वर्षिय नरेन्द्र रतुकी र बसलाई प्रहरीले नियनत्रणमा लिएको छ ।