धनगढीको मोहना नदीमा छठको उल्लास (फोटोमा हेर्नुहोस्)
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ 
2020/11/21, 9:31
 
chhat

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व समापन गरिएको छ । आज बिहान विभिन्न पोखरी, नदी, इनार लगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । 

माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पाना लगायतका सामग्री सहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । 

धनगढीको मोहना नदीमा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिईएको छ । कोरोनाको महामारीका कारण मोहनामा यस वर्ष छठको त्यति उल्लास नदेखिए पनि मोहना किनारामा छठ मनाउनेहरुको भने कमि थिएन् । 

कोरोनाको जोखिमका कारण यसपालि सरकारले  भिडभाड नगरी पर्व मनाउन आग्रह गरेको थियो । स्वास्थ्य सावधानी अपनाएर मोहनामा छठ मनाइ रहेका थिए । कतिपयले यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् ।

1

2

2

कतिपय ठाउँमा भने जलाशयमा नै  पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पु¥याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् ।

1

3

2

आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ । 

3

2

कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, छालाजन्य रोग व्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ ।  

1

1

तस्वीरहरुः राजीव गुप्ता