२४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,४१२ पुग्यो
2020/11/26, 4:41

छिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । सोही अवधीमा १ हजार ६१४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार ४३७ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

हालसम्म संक्रमित मध्ये २ लाख ९ हजार ४३५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08