धान बेच्न किसानलाई सकस: ४ दिनदेखि खुल्ला आकासमा वास
2020/11/27, 10:24
 
dhan

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढी उपमहानगरपालिका गेटामा रहेको गोदाममा धान विक्रि गर्ने किसानको लाइन छ । किसानलाई धान बिक्रि गर्न ४ दिन सम्म खुल्ला आकासमा बास बस्नुपर्ने बाध्यता छ । कञ्चनपुर बेलौरी नगरपालिका–८ कलकतत्ताका किसान राजु चौधरी ४ दिन अगाडि पहिलो पटक धान विक्रि गर्न व्यापार कम्पनी लिमिटेडको गोदाममा पुगे । व्यापारी र लिमिटेडको मूल्यमा अन्तर भएपछि उनी त्यहाँ पहिलो पटक आईपुगेका हुन् ।

1

यस अगाडिका बर्षहरुमा उनी स्थानीय व्यापारीलाई नै बिक्रि गदैँ आएका थिए । ‘मंसिर ८ गते विहान ७ बजे गेटामा पुगेको हुँ’, लिमिटेड परिसरमै खाना पकाउँदै गरेका उनले भने । ‘४ दिन भईसक्यो यहाँ आएको । पालो आएको छैन् । अझै कतिवेला पालो आउने हो । कुनै टुङगो छैन् ।’  तराईको मंसिर, पुषको कठ्याङग्रिदो जाडोमा खुल्ला आकासमा बास बस्नु परेको पीडा पोख्दै उनले अगाडि भने । ‘एक मात्र काटा लगाएको छ । बिक्रि गर्ने किसान धेरै छन । पालो नआएपछि घरबाट खानाको जोहो गरी यहाँ नै बस्ने गरी आएका छौँ ।’ यस्तै, कञ्चनपुर बेलौरी नगरपालिका–६ का हरिद्वारी राना पनि आएको ४ दिन भएको छ । उनको पनि पालो आएको छैन् । ‘ट्याक्टरमा लोड गरेर धान ल्याएको छ’, उनले भने । पालो कुर्दा–कुर्दै ४ दिन वित्यो । आएको छैन् ।’ उनी पनि गोदाम परिसरमै खाना पकाउने र ट्याक्टरको मुनी सुत्ने गरेका छन् ।

1

गोदाम परिसरमा गोरु गाडादेखि ट्याक्टरमा धान लोड गरेर किसानहरु लाईनमा छन् ।  गोरु गाडामा धान ल्याएकाहरुलाई अझै बढी समस्या हुने गरेको छ । नजिक घर हुनेहरु गोरु गाडा गोदाम परिसरमै छोडेर घर जाने गरेका छन् । ‘गोरु गाडामा धान ल्याएर आएका छौँ’, धनगढी उपमहानगरपालिका १२ का किसान बुद्धिराम चौधरीले भने । ‘आफुलाई भन्दा बढी समस्या गोरुलाई हुने गरेको छ । दिनभर लाईनमा बसेर साँझ घरमा गए पनि गोरुलाई के खुवाउने भन्ने समस्या हुन्छ ।’ उनको मंगलबार लाईनमा बसेका हुन् ।

2
कञ्चपुर कृष्णपुर नगरपालिका–६ पिपरियाका किसान छविलाल राना धान बिक्रि गर्न धनगढी पुगे । उनी सरकारले धानको मूल्य निर्धारण गरेको खवर सुनेर धान बिक्रि गर्न आएका हुन् । उनको पालो पनि कहिले आउने भन्ने टुङगो छैन् । गोरु गाडा माथि लगाएको धानको चाङमा सुतेका छविलालले भने । ‘सरकार संग धान बिक्रि गर्दा खुल्ला आकासमा बास बस्नुपर्ने बाध्यता छ भने, व्यापारी संग बिक्रि गर्दा मूल्य पाईदैन् ।’ खाद्यले समयमै धान खरिद सुरु नगर्दा समस्या भोगेका किसानहरु बिक्रि गर्न पनि त्यस्तै समस्या छ । धान बिक्रीबाट आएको रकमले गहुँ खेती गर्नुपर्ने बाध्यता किसानलाई छ ।

1

धेरै जस्तो किसानले खाद्यको भर नपरी सस्तोमा नै व्यापारीहरुलाएै बिक्रि गर्ने गरेका छन् । ‘धानको लागत अनुसारको उचित मूल्य पाउँदा हामी खुशी भएका छौँ तर रातदिन लाइनमा बसेर तोकिएको खरिद केन्द्रमा धान बेच्न कठिन भएको छ’, धनगढी उपमहानगरपालिका–९ का किसान जगदिश रानाले भने, ‘धान बेच्ने किसानको खाद्यको गोदाममा यस बर्ष धेरै छ ।’

2

यस बर्ष व्यापारी र सरकारले तोकेको मूल्यमा अन्तर धेरैभएपछि व्यापार कम्पनी लिमिटेडमा बिक्रि गर्ने किसानहरु पनि अधिक छन् । यस बर्ष सरकारले यस वर्ष मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकिएको छ । स्थानीय व्यापारीहरुले भने बढीमा २२ सय रुपैयाँमा खरिद गर्ने गरेको छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीले चालु वर्षमा कैलालीर कञ्चनपुर गरी ७० हजार बढी क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । कैलालीमा ६५ हजार र कञ्चनपुरमा ७ हजारको हाराहारीमा धान खरिद गर्ने व्यापार कम्पनीले लक्ष्य लिएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले धान बिक्रि गर्ने किसान धेरै हुँदा व्यवस्थापनमा केही समस्या भएको बताए ।

यस बर्ष सरकारी र व्यापारीको रेट भन्दा धेरै अन्तर भएको हुँदा कैलालीको मात्र नभएर कञ्चनपुरबाट समेत किसानहरु धनगढी बिक्रि गर्न आएको उनलेको भनाई छ । उनले मंगलबार सम्म कैलालीमा २२ हजार एक सय ४७ क्विन्टर धान खरिद भएको जानकारी दिए । ‘कैलालीमा धान उत्पादन धेरै छ ।’ उनले भने । ‘ खाद्य संग गोदाम नहुँदा पनि समस्या भएको छ ।’

1
गोदामहरुको क्षमता कम भएको भन्दै किसानको माग अनुसार खरिद गर्न नसकिने उनको भनाइ छ । कैलालीमा ४ ठाउँमा खाद्यले खरिद केन्द्र राखेको छ । गेटा, टिकापुर, भजनी, जोशीपुर, र मौरीनीयामा खरिद केन्द्र राखेको छ । गएको कार्तिक १७ गते देखि जिल्लामा धान खरिद गर्न सुरु भएको हो । कैलालीमा झण्डै ७० हजार हेक्टर जग्गामा वर्षे धान खेती हुँदै आएकामा उत्पादकत्व प्रति हेक्टर तीन दशमलव पाँच मेट्रिक टन रहेको छ ।