धनगढीको मालपोत र नापी कार्यालयको सेवा सुचारु
 
gg

जेन्जी पुस्ताको आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको मालपोत र नापी कार्यालय धनगढीको सम्पूर्ण सेवा सुचारु गरिएको छ।

आगजनी र तोडफोड भएको दुबै सरकारी कार्यालयहरूले सेवा पुनःसुचारु गरेका हुन्।

मालपोत कार्यालयको कोठा नम्बर १२ पूर्ण रुपले जलेको थियो। कार्यालयमा रङरोगन, विद्युतीकरण तथा नयाँ कम्प्युटरहरू जडान गरेर सेवा दिन थालिएको हो। मालपोत कार्यालयको वाइरिङ पूर्ण रुपमा जलेर नष्ट भएको थियो। दुई तले भूमि सुधार तथा मालपोत कार्यालयको भवनमा आगलागीका कारण वायरिङ जलेर नष्ट भएको कार्यालयले बताएको छ। कार्यालयमा कम्प्युटर समेत जलेकाले नयाँ कम्प्युटरहरू जडान गरिएको थियो।

नापी कार्यालय कार्यालयको एक कोठामा आगजनी भएको थियो। कार्यालयका कम्प्युटर फुटाइएकका थिए। नापी कार्यालयले सम्पूर्ण सेवा सुरु गरेको छ। तर, जग्गाको कित्ताकाट रोकिएको छ। जग्गाको वर्गीकरणको काम पूरा नभएकाले कित्ताकाटको काम रोकिएको हो। नक्सा उतार र फिल्ड बुक उतारको काम हुँदैछन्।