
कैलालीमा कोरोना संक्रमित मृतकको शव हिन्दू संस्कार अनुसार जलाएर व्यवस्थापन गरिएको छ । भवानी दलबाट सह सेनानी नवलसिंह रोकायाको कमाण्डमा खटिएको सेनाको तालिम प्राप्त टोलीले धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ७४ वर्षीया जन्नादेवी रानाको शव जलाएर व्यवस्थापन गरेको हो । सेनाले यसअघि पनि कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाएर व्यवस्थापन गरिसकेको छ ।

मंसिर ५ गतेदेखि सेती प्रादेशिक अस्पतालमा उपचार गराउँदै आएकी महिलाको सोमबारराति मृत्यु भएको थियो । किड्नी र फोक्सोको समस्या भएर अस्पताल भर्ना भएकी उनलाई पीसीआर जाँच गर्दा मंसिर ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृतक महिलाको धनगढी उपमहानगरपालिका–७ पटेलास्थित आर्यघाटमा शव जलाइएको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/29, 3:44
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/02/13, 2:03