धनगढीमा १६ वडाका आफ्नै वडा कार्यालय भवन
2020/12/09, 11:48
 
Woda

धनगढी उपमहानगरपालिकाका १९ वटा वडाहरु मध्य १६ वटामा आफ्नै वडा कार्यालय भवन निर्माण गरिएका छन् ।

उपमहानगरपालिकाले मंगलवार वडा नं १४ को वडा कार्यालयको सिलन्यास गरेसंगै आफ्नै वडा कार्यालय भवन हुने वडाको संख्या १६ पुगेको हो । धनगढीका नगरप्रमुख नृपबहादुर वड र उप प्रमुख सुशीला मिश्र भट्टले वडा नं १४ को वडा कार्यालयको सिलन्यास गरेका हुन । नगरप्रमुख नृपबहादुर वडका अनुसार निर्माण हुन वडा नं १६, १३, १२, १९ को वडा कार्यालय निर्माण सम्पन्न भएर आफ्नै भवनबाट वडा कार्यालय संचालन भैसकेको छ । त्यसैगरी वडा नं ९ को निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा रहेको छ नगरप्रमुख वडले भने, वडा नं १५ , १८ को पुरानो गाविस भवनहरु नै भएकाले त्यसैमा पुनःमर्मत गरेर संचालन गरेका छौं ।

वडा नं १, २ र ४ बाहेक अन्य वडाहरुको वडा कार्यालय भवनहरु निर्माणाधिन अवस्थामा रहेको नगरप्रमुख वडले बताए । उनले भने, बाँकी रहेका ३ वटा वडाहरुको पनि जग्गाको टुंगो लाग्ने वित्तिकै एकै चरणमा टेन्डर गरिने छ । नगरप्रमुख वडले आफुहरुको कार्यकालमा नै सबै वडा कार्यालयहरु निर्माण गरिसक्ने योजना रहेको बताए ।

नगर उपप्रमुख सुशीला मिश्र भट्टले वडा कार्यालय भवन निर्माण भएसंगै सेवाग्राही र सेवा प्रदायी दुबै पक्षलाई सजिलो हुने बताईन । उनले भनिन्, निर्धारीत समयमै भवनहरु निर्माणको काम सम्पन्न गर्न निर्माण कम्पनीहरु संग अनुरोध गर्दछौं ।