धनगढीका दुई स्थानबाट सालका गोलीया बरामद, एक जना पक्राउ
2020/12/11, 2:47
 
Kaath

कैलालीको धनगढी उप–महानगरपालिकाका दुई स्थानबाट सब डिभिजन वन कार्यालय फुलवारीले सालका गोलीया बरामद गरेको छ ।

१शुक्रबार भारताल साझेदारी वन व्यवस्थापन समिति र सब–डिभिजन वन कार्यालय फुलवारीको सयुक्त टोलीले उपमहानगरपालिका– १५ को उर्मा र वडा नम्बर–१६ को ब्युसाबाट सालका गोलीया बरामद गरेको हो ।

2उर्माको आर.पि. काष्ठ फर्निचर मिलबाट मात्रै ३५.८८ क्युफिट सालको गोलीया बरामद गरीएको सब डिभिजन वन कार्यालय फुलवारीका अधिकृत निरन्जन कडालले बताए ।

3उनले मिल सञ्चालक राम बहादुर चौधरीलाई पक्राउ गरी आजै अदालत पेश गरीएको र काठ चोरी तस्करी मद्धा दर्ता भएको जानकारी दिए ।

यस्तै आजै सब डिभिजन वन कार्यालय फुलवारीको टोलीले उपमहानगरपालिका–१६ को ब्युशाबाट समेत चार गोलीया काठ बरामद गरेको भारताल साझेदारी वन व्यवस्थापन समितिका संयोजक यादव भण्डारीले बताए ।

4उक्त काठ कसको हो र कहाँबाट काटीएको भन्ने बिषयका अनुसन्धानको लागी वन कार्यालयको जिम्मा लगाएको उनले बताए ।