सुदूरपश्चिममा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/11, 6:41
 
corona

सुदूरपश्चिममा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३० जनामा कोरोाना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा १८४ जनाको परिक्षण गर्दा थप ३० मा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पताललका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालीकाका ८ जना, कैलालीको कैलारी,गोदावरी,बर्दगोरीयाका एक एक जना, कञ्चनपुरको बेलौरीका १२, बेतकोटका २ जना, पुर्नवासका एक जनामा संक्रमण पुष्टि भएको छ । उता डोटीका र बझाङका एक एक जना र बैतडीका २ जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । 

यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा ७ जना, बझाङ अस्पतालको प्रयोगशालामा एक जना बैतडी अस्पतालको प्रयोगशालामा दुई जना र अछामको कमलबजार प्रयोगशालामा १८ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए । संक्रमण पुष्टि भएकाहरुमध्ये कैलालीका ११ जना, कञ्चनपुरका १८ जना, अछामका १८ जना बैतडीका ३ जना, बझाङका तीन जना र डडेल्धुराका ६ जना, डोटीका एक जना र अन्य जिल्लाका एक जना रहेका छन् । 

हालसम्म १ लाख २३ हजार ६७ स्वाबको नमूना परीक्षण गरिएकोमा १२ हजार २०२ कोरोना संक्रमण फेला परेको उनले बताए । १ लाख १० हजार ८६५  स्वाब नमुनाको नतिजा नेगेटिभ आएको उनको भनाइ छ ।  ६ सय ८१ जनाको नमुना संकलन गरेपनि रिपोर्ट आउन बाँकी रहेको छ ।