शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द
2020/12/15, 10:40
 
corona

बझाङ्ग जिल्लामा अवस्थित सुन्कुडा माध्यमिक विद्यालयका एक जना शिक्षकलाइ कोरोना पोजिटिभ देखिँदा बिधालय बन्द भएको छ। कोरोना पोजिटिभ देखिनेमा सुनकुडामा विमा कार्यरत शिक्षक लाल बहादुर ओलि रहेका छ्न । गत चैत देखि बन्द भएका विद्यालय मंसिर १५ गतेबाट सन्चालन भएका थिए ।

सुनकुडा माध्यमिक बिधालयका शिक्षक ओलिलाइ कोरोना संक्रमण पोजिटिभ देखिएपछी पुस ५ गते सम्मका लागि बिदा गरिएको सुनकुडा माध्यमिक बिधालयका प्रधानाध्यापक धन बहादुर बिष्टले बताउनु भयो। शंका उपसङ्का बिषय उत्पन्न्न भएपछी आज सुनकुडा माध्यमिक विद्यालयमा शिक्षक बिद्यार्थी गरि १२ जनाको स्वाव सङकलन गरिएको छ।

२६/ २७ जना शिक्षक रहेको बिधालयमा धेरै सङ्ख्यामा बिद्यार्थीहरु अध्ययन गर्ने गर्छ्न । अहिले सुनकुडा  माध्यमिक विद्यालय  बिज्ञान संकाय, व्यवस्थापन संकाय तथा प्राविधिक धारका बिषय( आइटि) पढाइ हुने गर्छ।