क्षेत्रीय शहरी विकास आयोजनाका बिषयमा सरोकारवालाहरुसँग छलफल
2020/12/18, 11:46
 
corona

धनगढी उप–महानगरपालिका निर्माण कार्य थालिएको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकहरुका बिषयमा सरोकारवालाहरुसंग छलफल भएको छ । आयोजना निर्माणमा सहजीकरण पु¥याउने गरि सरोकारवालाहरुसंग छलफल गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए । छलफल कार्यक्रममा क्षेत्रीय शहरी विकास आयोजनाका प्रतिनिधीहरु, निर्माण कम्पनीका प्रतिनिधीहरु, खानेपानी उपभोक्ता समितिका रहेका थिए । 

पहिलो चरणमा ठेक्का पाएको कालिका कन्ट्रक्सनले ७ वटा सडक निर्माण गर्दैछ । जस अन्तरगत चरणमा गुल्म –चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड, ट्राफिक चौराहा देखि–कैलालीनाला (१ हजार ३ सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल (७ सय मिटर) , क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर) , धनगढी–खुटीया स्याउले रोड (८ सय ७० मिटर ), मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड (१ हजार १ सय ५० मिटर) रहेका छन् ।

सन् २०१५मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्धरुपमा हुने नगरप्रमुख वडले बताए । पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ, नगरप्रमुख वडले भने, अव चाँडै दोश्रो चरणका सडक निर्माणका लागि टेन्डर हुदैछ । पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपीयाँको ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ ।