नयाँ समितिको काउण्टर थपिएपछि पुराना ६ वटा समितिद्धारा यातायात सेवा ठप्प
यातायात व्यवसायीहरु नै सिण्डीकेटको पक्षधरः
2020/12/18, 11:53
 
buspark

धनगढी बसपार्कमा शिवपुरी यातायात प्रालिले काउण्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात प्रालिले आजदेखि सुदूरपश्चिममा यातायात सेवा ठप्प गरेका छन् । बसपार्कमा गाडी पार्किङका लागि ठाँउ नै नभएको अवस्था धनगढी उपमहानगरपालिकाले हस्तक्षेप गरी नयाँ प्रालिलाई काउण्टर राख्न दिएपछि यातायात सेवा ठप्प गर्न बाध्य भएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।

1

नयाँ यातायात प्रालिलाई काउण्टर राख्न दिने नगरपालिकाको निर्णयको विरोधम उत्रिएका यस प्रदेशका पुरानो यातायात प्रालि सुदूर पश्चिम यातायात, कर्णाली रिभर, मालिका यातायात, खप्तड मालिका यातायात, कैलाली यातायात र गोदावरी यातायात प्रालिले आज सुदूर पश्चिममा यातायात सेवा ठप्प गरेका हुन्  । सुदूर पश्चिम यातायात प्रालिका अध्यक्ष सापकोटाले धनगढी बसापर्कबाट शिवपुरी प्रालिको काउण्टर नहटाएसम्म यातायात सेवा सञ्चालन हुन नदिने अडान सुनाए ।

1

‘बस पार्क यतिधेरै साघुरो भईसकेको छ कि पुराना यातायात प्रालिका गाडीहरु पार्किङ गर्ने ठाउँ छैन, त्यसैमाथि नयाँ प्रालिलाई काउण्टर राख्न दिएपछि बसपार्क अस्तव्यस्त भएको छ  ।’ सापकोटाले भने–‘बसपार्क र यातायात क्षेत्र अस्तव्यस्त पार्ने हस्तक्षेपकारी निर्णयको बिरोधमा हामी अनिश्चितकालीन यातायात ठप्प गर्न बाध्य भएका हौ ।’  ६ वटै यातायात प्रालिले यातायात सेवा ठप्प गरेपछि आज बिहानदेखि सुदूरपश्चिम लामो तथा छोटो दूरीमा चल्ने बस तथा अन्य सवारीका साधनहरु चल्न सकेका छैनन । यातायात सेवा ठप्प हँदा यात्रुहरुको भने बिचल्ली भएको छ ।