चिसोमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीन अनुरोध
2020/12/19, 12:29
 
corona

धनगढी उप–महानगरपालिकाकाले सित लहरका कारण चिसो अत्याधिक बढेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीन नगरवासीका अनुरोध गरेको छ ।  नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले अपिल जारी गर्दै यस्तो अनुरोध गरेका छन् ।
अपीलमा भनिएको छ, ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमसँग जुध्न सबैले सजकता अपनाउनु जरुरी छ । धनगढी उप–महानगरपालिका आफ्नो श्रोत, साधनले भ्याए सम्म सर्तकता, चेकजाँच र ब्यबस्थापनमा जुटेको ब्यबहोरा नगरवासीमा सादर निवेदन गर्दछौं ।’

सतर्कताको कार्यमा सबै क्षेत्रबाट सहयोग पुगिरहेको छ । अझैपनि आ–आफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन राजनितिकदल नगरबासी, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरु, सञ्चारकर्मी लगायत आम सरोकारवालाहरु संग उप–महानगरपालिका हार्दिक अपिल गर्दछ । ‘धनगढी उप–महानगरपालिकाले निशुल्क स्वाव परीक्षणको सेवा दिईरहेको जानकारी गराउदै कोरोना संक्रमणको लक्षण देखिएमा उप–महानगरपालिकाको स्वाव संकलन केन्द्रमा पुगेर स्वाव दिन अनुरोध गर्दछौं । संक्रमण देखिएकालाई अनिवार्य रुपमा होम आईसोलेशनमा बस्न निवेदन गर्दछौं ।’ अपीलमा भनिएको छ ।

2

‘केही दिन देखि सितलहरका कारण अत्याधिक चिसो बढेको छ । यस्तो मौसममा जेष्ठ नागरिक र बालबालिकाहरुलाई रुघाखोकी, भाईरल ज्वरो र निमोनिया हुनसक्ने भएकाले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कीन अनुरोध गर्दछौं । धनगढीमा कोरोना संक्रमणकोदर बढ्दै गैरहेकाले बजारमा किनमेल गर्दा, कार्यालयहरुमा सेवा लिन जाँदा अनिवार्य रुपमा सामाजिक एवम् भौतिक दुरी कायम गर्न तथा जोखिम घटाउनका लागि मास्कको प्रयोग गर्न, पटक पटक साबुन पानीले हात धुन, सरसफाईमा ध्यान दिन र ज्वरो आउने, थकाई लाग्ने, सुख्खा खोकी लागिरहेमा स्वास्थ्यकर्मीको परामर्श लिन सबैमा हार्दिक आह्वान गर्दछौं । अपीलमा उल्लेख छ ।