संसद् विघटनको विरोधमा धनगढीमा प्रदर्शन, प्रधानमन्त्री विरुद्ध नारावाजी (भिडियो सहित)
2020/12/20, 2:58

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधि सभा विघटन गरेको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ । मन्त्रि परिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि त्यस्को विरोध गर्दै सत्तारुढ नेकपा निकट युवाहरुले धनगढीमा प्रदर्शन गरेको हो ।

धनगढीको ट्राफिक चौराहबाट सुरु भएको ¥याली पार्कमोड पुगेर कोण सभामा परिणत भएको थियो । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट युवाहरु सम्मिलित प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नारावाजी समेत गरिएको थियो ।
प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध सडकमा उत्रिन बाध्य भएको युवा संघका केन्द्रिय सदस्य दीपक सिंहले बताए । यस्तै युवा संघ कैलालीले नेकपाको आन्तरिक कलह मिलाउनका लागि दबाब दिन आज धनगढीमा भेलाको पनि आयोजना गरेको छ ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09