कोरोना संक्रमितलाई संस्थागत आईसोलेसनमा पठाउन नगरप्रमुख वडको आग्रह
2020/12/22, 4:10
 
a

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले होम आईसोलेशनमा बस्न समस्या भएका कोरोना संक्रमितलाई धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएको आईसोलेसनमा बस्न आग्रह गरेका छन् । मंगलबार होपब्रीज संस्थाको सहयोगमा धनगढी उप–महानगरपालिकाको आयोजना गरेको महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाको बैठममा बोल्दै यस्तो धारणा राखेका हुन ।

होम आईसोलेशन बस्न साघुरो छ, एउटै शौचालय प्रयोग गर्नुपर्ने अवस्था छ भने त्यस्ता संक्रमितहरुलाई उप–महानगरपालिकाको आईसोलेसनमा पठाउन महिला स्वास्थ्य स्वयंसेविकाहरु संग अनुरोध गर्दछौं नगरप्रमुख वडले भने, ‘वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा ब्यबस्थीत आईसोलेशन हामीले स्थापना गरेका छौं ।’ यहाँ महिला र पुरुषका लागि छुट्टै आईसोलेसन छ । 

धनगढी उप–महानगरपालिकाका प्रवत्ता तथा वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीले कोरोना महामारीको समयमा धनगढी उप–महानगरपालिकाले नमुना काम गरेको बताए । हामीले होल्डिङ्ग सेन्टर संचालनमा ल्याएर देशभरीका मान्छेहरुको ब्यबस्थापन गरेका थियौं प्रवत्ता मुडभरीले भने, ‘अहिले पनि ४ महिना देखि नगरवासीको निशुल्क पिसिआर परीक्षण गरिरहेका छौं ।’ प्रवत्ता मुडभरीले धनगढी उप–महानगरपालिकाले देशमै नमुना महिला आईसोलेशनको ब्यबस्था गरेको पनि बताए ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी उपाध्यायले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथाम, परीक्षणका बिषयमा बढीभन्दाबढी प्रचारप्रशार गर्न आग्रह गरे । कार्यक्रमा होपब्रीजले महिला स्वास्थ्य स्वसंसेविकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रमको सहजीकरण होपब्रीजका सुदूरपश्चिम संयोजक महेन्द्र बमले गरेका थिए ।