धनगढीमा एकल महिला र जेष्ठ नागरिकलाई न्यानो लुगा 
2020/12/22, 4:21
 
1

धनगढी उप–महानगरपालिका १६ का जेष्ठ नागरिक र एकल महिलालाई मंगलबार न्यानो कपडा वितरण गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र वडा नं १६ का अडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले वडामा रहेका ४ सय २५ जना जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई जाडोमा ओढ्नका लागि कम्वल वितरण  गरेका हुन ।

जाडोको सबैभन्दा बढी प्रभाव जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई पर्ने गर्दछ नगरप्रमुख वडले भने, त्यसैले वहाँहरुलाई राहत पुगोस भनेर कम्वल वितरण गरेका हौं । धनगढी उप–महानगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वडले बताए । जेष्ठ नागरिकका लागि फुलवारीमा ठूलो भवन निर्माण गरेका छौं, नगर प्रमुख वडले  भने, ‘उप–महानगरपालिकाका ३ हजार ५ सय भन्दा बढीलाई आयआर्जनका लागि सिपमुलक तालिम संचालन गरिसकिएको छ ।’ नगरप्रमुख वडले अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि राहत पुग्ने कार्यक्रमहरु संचालन गरिरहेको नगरप्रमुख वडले बताए ।’

जाडोमो समयमा आवश्यक काम बाहेक घरबाट बाहिर निस्कीनु भएन नगरप्रमुख वडले भने, ‘घरमा रहेका जेष्ठ नागरिक, बालबालिका, अपाङ्ग र अशक्तहरुको ख्याल गर्न सबैका अनुरोध गर्दछौं ।’  वडा अध्यक्ष लक्ष्मी नारायण चौधरीले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई न्यानो लुगा वितरण गर्नका लागि वडा कार्यालयबाट बिनियोजन गरेको बताए । उनले भने, गएका बर्ष पनि जाडोमा सबै जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका थियौं ।