
कैलालीमा सबैभन्दा बढी पटक रक्तदान गर्ने रक्तदाता धनगढीका दीपक उपाध्याय नेपाल आज सम्मानित भएका छन् ।

उनले दिएको योगदानको कदर गर्दै लायन्स क्लब अफ धनगढी ग्रीन सिटीले सम्मान गरेको हो । धनगढी उपमहानगरपालिका–७ पटेलामा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदाता उपाध्यायलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद डा. हेमराज पन्तले उपाध्यायलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरे । उपाध्याय विभिन्न व्यक्तिलाई रक्तदान गर्नका लागि पनि प्रेरित गर्दै आएका छन् ।
यसैबीच, पटेलामा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका जनाइएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08