
धनगढीमा युवकहरु बीचमा ग्याङफाईट भएको छ । बुधबार दुई समुह बीच कुटाकुट भएको हो । युवाहरुको एक समूहमाथि अर्को एक युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडीमा भएको घटनामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् । धनगढी–४ कै १८ वर्षीय भुजन विष्ट घाईते भएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनी र उनको समूहलाई मोटरसाइकलमा आएका युवाहरुको समूहले आक्रमण गरी चक्कु प्रहार गर्दै घाईते बनाएको हो । सो समुह चक्कु प्रहार गरी फरार भएको छ । प्रहरीका अनुसार फरार समूहको खोजी भईरहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29