
धनगढीमा एक जना मृत भेटिएका छन । हुलाकी सडक खण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनेहरामा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आज बिहान मनेहरा स्थित सडक खण्डमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

उनका अनुसार मृतकको परिचय खुलेको छैन । हेलमेट लगाएको अवस्थामा भेटिएका ती पुरुषको शवसँगै सडक किनारको निर्माणाधिन कल्भर्टमा मोटरसाइकल समेत दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उनको दुर्घटनाका कारण मृत्यु भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29