‘लेखराज भट्ट र नारदमुनि रानाले पटक पटक ठगे’
धनगढी–स्याउले सडकका लागि लगातार एक महिनाको खबरदारीः
2021/01/16, 10:32
 
sadak

पछिल्लो एक महिनादेखि धनगढी–स्याउले सडक खण्डका लागि सामाजिक सञ्जाल फेशबुक मार्फत दबाब दिदैं आएका सन्जय पन्तले मन्त्री लेखराज भट्ट र प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले पटक पटक ठगेको बताएका छन् । एक महिनादेखि दैनिक रुपमा सडक खण्ड निर्माणको काम थाल्नका लागि फेशबुकमा दिन गन्ती गर्दै त्यसका लागि पहल गरेका पन्तले प्रष्ट रुपमा पटक पटक दुबै जनाले झुटो बोल्दै जनताहरुलाई ठगेको बताएका हुन् । 

2

हरेक दिन विहान उठ्ने वित्तिक्कै पन्तले फेशबुकमा स्टाटस लेख्दै आएका थिए– धनगढी–स्याउले सडकको टेण्डर हुन यति दिन बाँकी (जुन दिन जति दिन बाँकी हुन्थ्यो) । त्यसमा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले फेशबुकमै कमेन्ट लेख्दै पुस मसान्तसम्म सडक खण्डको टेण्डर हुने र त्यसका लागि आफुले पहल गरिरहेको ठोकुवा समेत गरेका थिए । तर पुस मसान्त सकिएर माघ लाग्दा पनि सडक खण्डका लागि कुनै प्रक्रिया नै अगाडी नबढेपछि प्रतिनिधि सभा सदस्य रानाले जनतासँग झुटो बोलेको प्रमाणित भएको पन्तले बताए । 

2

धनगढी–स्याउले सडक कैलाली क्षेत्र नम्बर ४ र ५ मा पर्छ । दुबै निर्वाचन क्षेत्रको १० किलोमिटर सडक खण्ड भताभुंग अवस्थामा रहेको छ । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले सामाजिक सञ्जाल मार्फत नै झुट बोलेको भएपनि कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा बर्तमान सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले भने सभा समारोह तथा सञ्चार माध्यममा सडक खण्ड निर्माणको काम सुरु हुने भनेपनि त्यसो हुन नसकेको पन्तको भनाई छ । 

2

सन्जय पन्त सडक खण्ड छेउका वासिन्दा हुन् । उनी धनगढीको ऐश्वर्य विद्या निकेतनमा अध्यापन गराउँछन् भने व्यवसाय पनि संग्लन छन् । उनी धनगढीका पुराना सञ्चारकर्मी पनि हुन् । धनगढीका एफएम रेडियो मार्फत पछिल्लो समयमा विभिन्न विषयमा अन्तवार्ता लिदैं आएका छन् । उनले आफुले लिने अन्तवार्ताहरुमा सडक खण्डका लागि पटक पटक आवाज उठाउँदै आएका थिए । अझ एक महिनादेखि त उनको नित्यकर्म नै सामाजिक सञ्जालमा धनगढी–स्याउले सडकको बारेमा नेताहरुलाई खबरदारी गर्नु रहेको थियो । तर एक महिनासम्म पनि सडक खण्ड निर्माणको पहल नभएपछि उनी थाकेका छन् ।

2

‘नारदमुनि राना ज्युले त मैले हालेका धेरै जसो स्टाटसहरुमा नै पुस मसान्तमा टेण्डर हुन्छ भने आफै कमेन्ट नै गर्नुभएको छ । माननीय लेखराज भट्ट ज्युले पटक पटक मसँगैका अन्तवार्तामा पुसमा काम अगाडी बढ्नछ भन्नुभएको छ । केही दिन अघि मैले आफै भेट्टा पनि दुबै जना माननीय ज्यु (नारदमुनि राना र प्रेम आले) सँग कुरा गरिसकेको छु तपाई चिन्ता नलिनुस् सडकको काम अघि बढ्न भन्नुभएको छ ।’ पन्तले भने–‘बारम्बार भन्दा, भेटेर सम्झाईरहँदा पनि दुबै जना सडकका लागि केही गरि दिनुभएन् । उहाँहरु दुबै जनाले जनतासँग झुट बोल्नुभयो । ठग्नुभयो । अब टेण्डर गर्न सकेनौं भनेर जनता सामु नै आएर माफी पनि माग्नुपर्छ ।’

5

पुस भरी स्टाटस मार्फत खबरदारी गरिरहेका उनले अझै खबरदारी गर्न भने छोडेका छैनन् । माघ ३ गते शनिबार विहान उनले स्टाटसमा लेखेका छन्– ‘माननीय मन्त्री लेखराज लेखराज भट्ट ज्यु र माननीय नारदमुनि राना ज्यु किन मौन बस्नु भएको छ ? टेन्डर गराउन सकेनौ र जनतासँग पटक पटक झुठ बोलेको भनेर स्वीकार गर्नुहोस ?’ 

1

उनले माघ ०२ गते शुक्रबार फेशबुकमा स्टाटस लेख्दै भनेका छन्–‘ माननीय मन्त्री लेख राज लेखराज भट्ट ज्यु  तथा माननीय संसद नारद मुनि राना ज्यु धनगढी– स्याउले सडक खण्डको निर्माण बारे जनतासँग पटक पटक झुठ किन बोल्नु भो ? जवाफ चाहियो ।’

1

माघ ०१ गते विहीवार पन्तले मकर संक्रान्तिको शुभकामना सहित लेखेको स्टाटस यस्तो छ–‘बोलेको पूरा गर्न नसक्नेले अन्तर्वार्तामा, सभा समारोहमा, समाजिक संजालमा प्वाक्क बोली हाल्नुपर्ने, लेखी हाल्नुपर्ने किन ? जवाफ चाहियो नेता जी ।’

3
पन्तले लेखेका स्टाटसहरुमा विभिन्न कमेन्टहरु आएका छन् । स्टाटस लेखिएका छन् । नेताहरुले आश्वासन दिएर पनि काम नगर्ने परिपाटीको विरोध र आक्रोसहरु पनि पोखिएका छन् । 

2